काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने

रिपोर्ट नेपाल | 2021 May 28 | 08:30 am 1973

काठमाडौं, जेठ: काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने भएको छ । समुदाय स्तरमा कोभिडको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् परीक्षण गर्न लागिएको महानगरले जनाएको छ ।

परीक्षण ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक दिन दुई ‘सिफ्ट’मा हुने महानगरले जानकारी दिएको छ । हरेक केन्द्रमा बिहान १० देखि १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो सिफ्टमा परीक्षण हुने भएको हो ।

कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति साथै निषेधाज्ञाका बेला बाहिर काम गर्ने व्यक्तिको परीक्षण गरिने भएको हो । अन्नपूर्ण पाेस्ट दैनिकबाट

परीक्षणका लागि महानगरले परीक्षण केन्द्र र समय तालिका

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.