महाकाली नदी नियन्त्रणकाे काम यसरी हुँदैछ

| 2021 May 27 | 01:19 pm 2841

दार्चुला, जेठ १३ः मुलुक कोरोनाको महामारीले आक्रान्त बनेर विकास निर्माणका काम ठप्प भएका छन् । कतिपय ठाउँमा यसैलाइ निहुँ बनाएर घरमा बसेर ठगी गर्ने कर्मचारी पनि नभएका हाेइनन्, तर , दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जाेशीले भने काेराेना राेकथामका साथै स्वास्थ्य सजकता अपनाएर विकास निर्माणका कामलाई पनि तिब्रता दिएका छन् ।

गत वर्ष कोरोनाको कारण विकासका कामहरू ठप्प भएर कैयाैं याेजना अलपत्र परेकाे देखेपछि प्रजिअ जाेशीले विकास निर्माणलाई अहिले भने निरन्तर दिएका छन् ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार दार्चुलामा अहिले निर्माणको काम कहि रोकिएको छैन् । जिल्ला प्रशासन कार्यालयले निर्माण कार्यको लागि चाहिने सामग्री ढुवानीमा सहज बनाएको छ ।

गत वर्ष विकास निर्माण ठप्प भए तर अहिले अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि विकास निर्माण नरोकेको, न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर काममा लगाउन निर्माण व्यवसायीलाई अनुमति दिएकाे प्रजिअ जोशीले बताए ।

निर्माण कार्यमा सक्रिय मजदुरलाई एकै ठाउँमा बस्ने व्यवस्थापन  गरी विकास निर्माणका काम सकृयताका साथ अघि बढाइएकाे छ ।

विकास निर्माणका काम रोकिदा सर्वसाधारण मजदुरकाे राेजगार गुम्ने र त्यसले राेग र भाेक दुबै बृद्धी हुने कुरालाइ मध्येनजर राख्दै काम अगाडि बढाइएकाे हाे ।

निर्माणमा खटिएका मजदुरलाई सोही क्षेत्रमा बस्न लगाइएको र बाहिरबाट थप मजदुर ल्याउन भने रोकिएको छ  बाहिरबाट मजदुर थप्दा कोरोनाको जोखिम हुने भएकोले  त्यही भएका जनशक्ति परिचालन गर्ने नीति लिइएको प्रजिअ जाेशीले बताए ।

जिल्लामा सञ्चालित सम्पूर्ण साना तथा ठूला विकास निर्माणका योजनामा स्वास्थ्य सुरक्षा अपनाएर काम अघि बढाइएको छ । पालिकामा निषेधाज्ञा रहे पनि विकासे योजनाको काम नरोकिएको स्थानीय तहले बताएका छन् ।

यसै क्रममा महाकाली नदि नियन्त्रण आयोजनाले पनि अहिले कामलाई निरन्तरता दिएको जनाएको छ । महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सोभाकर पौडेलका अनुसार अहिले आयोजनालले श्रीबगड क्षेत्रमा डाइभर्सन बनाउने, गेभिन जाली भर्ने तथा बंगाबगड क्षेत्र तथा उकु क्षेत्रमा तारजाली भर्ने काम भइरहेको बताए ।

पौडेलका अनुसार केही दिन पहिलेको पानीले केही स्थानका योजना प्रभावित भएपनि महत्वपूर्ण विकासे योजनाहरुको काम जारी रहेको बताए । जिल्लामा संघ, प्रदेश तथा स्थानीय तहका विकास निर्माणमा आशिंक प्रभाव परे पनि काम भने नरोकिएको प्रशासनले जनाएको छ ।

जिल्लाका स्थानीय तहमा पनि साना ठुला विकासे योजनाहरुको काम चलिरहेको स्थानीय तहले जनाएका छन् । निर्माण क्षेत्रमा पनि १०/२० जनाको समुह बनाएर काम गराई रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.