काठमाडौं, असार ३१ : नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ।
शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो।