काठमाडौँ, जेठ १२ः बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली साँझ ६ बजे शीतल निवास प्रवेश गरेका थिए। ओली त्यहाँबाट साँझ ८ बजेपछि बाहिरीएका छन्।
प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच २ घण्टासम्म के कुरा भयो भन्ने विषयमा भने केही जानकारी दिइएको छैन। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालका अनुसार यो नियमित भेट भएको जानकारी दिए।
सरकारले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेपछि विपक्षी दल तथा नागरिक समाजबाट त्यसको व्यापक विरोध भइरहेको छ भने सर्वोच्च अदालतमा त्यसविरुद्ध करिब ३० वटा रिट दायर भएका छन्। उक्त रिटमाथि विहीबारदेखि बहस हुने बताइएकाे छ।