अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते

रिपोर्ट नेपाल | 2021 May 24 | 12:52 pm 1981

एजेन्सी, जेठ १०ः अमेरिकामा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन् ।
ओहायोको योङ्सटाउनमा गोली चलेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घाइतेलाई उपचारको लागि सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ ।

योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएन् घटनामा तीन जनाको मृत्यु भएको जनाएको हो । एउटा बारमा गोली चलेको अधिकारीहरुले जनाएका छन् ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्ति वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.