गैँडा तस्करीमा फरार एक अभियुक्त पक्राउ

| 2021 May 23 | 11:12 am 3277

चितवन, जेठ ९ः गैंडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हाल कालिका नगरपालिका बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो ।

प्रजालाई तनहुँको व्यास नगरपालिका ११ घाँसीकुवाको ठूलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनले २०६७ चैत २७ गते धोवाह रतनी घाटमा भाले गैंडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो ।

उनलाई अदालतले २०७४ फागुन १५ गते उक्त फैसला सुनाएको थियो । उनलाई गैंडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा चार फरार अभियुक्तलाई पक्राउ गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.