अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि १७ करोड ८७ लाख ७० हजार रूपैयाँको सहमति

रिपोर्ट नेपाल | 2021 May 23 | 09:07 am 2789

काठमाडाैं, जेठ ९ः मुलुकका १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रूपैयाँको सहमति दिएको छ। जसमा भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रूपैयाँ रहेको मन्त्रालयले जनाएको छ।

यस्तै डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रूपैयाँ रहेको छ।

यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको थियो। त्यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रूपैयाँको सहमति दिएको थियो। त्यसैगरी विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लाण्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रूपैयाँको सहमति दिएको थियो।

यस्तै विभिन्न अस्पतालहरूमा अक्सिन प्लान्ट स्थापना तथा एचडियू थप गर्न ८५ करोड रूपैयाँ ९३ लाख रूपैयाँको सहमति दिएको थियो। कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.