सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

| 2021 May 20 | 06:55 pm 3705

सिरहा, जेठ ६ः जिल्लाको सिरहा नगरपालिका १७ पतेरुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका ७ बस्ने २७ वर्षीय रञ्जित सिंह रहेका छन् ।

भारतबाट स ९ प ७८६८ नम्बरको मोटरसाईलकमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पतेरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ७ एम्पुल, फेनिरामिन
मलेट ७ एम्पुल र पेन्टाजोसिन ७ एम्पुल फेला पारेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज सिंहलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जिमुवाबाट खटिएको सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० जिमुवा चोकबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको भिमदत्त नगरपालिका ५ बनखेत बस्ने २८ वर्षीय योगेन्द्र ऐरी रहेका छन् ।

म २ प ५३४५ नम्बरको मोटरसाईकलमा सवार उनलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा २४ वटा सिम्प्लेक्स ट्याब्लेट, १ बोतल रुस्कफ कफ सिरफ र १२ मिलिग्राम खैरो हेरोईन फेला पारेपछि पक्राउ
गरिएको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका निज ऐरीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

औषधी बरामद 
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित डलुवाबाट सशस्त्र प्रहरीले करीव ६ लाख २२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बर्साईनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

चाँदीको गहना बरामद 
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट  सशस्त्र प्रहरीले करीव ६ सय ४८ ग्राम चाँदीको गहना बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल भन्सार सुरक्षा पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा चाँदीको चुरा ८ वटा, लकेट ४ वटा, पाउजु २ वटा, ब्रासलेट २ वटा, सिक्री ४ वटा र औंठी ३७ वटा फेला पारिएको हो ।

बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.