गाेली लागेर माओवादी नेता पाण्डेसहित दुईजना घाइते

रिपोर्ट नेपाल | 2021 May 20 | 10:22 am 2793

कपिलवस्तु, जेठ ६ः गएराति अपरिचित व्यक्तिले कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली प्रहार भएकाे छ । गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।

लु.९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोलाबाट तौलिहवातिर दिपक पाण्डे सहित ३ जना आउँदै थिए । मोटरसाइकल मोहम्मद इसाद खानले चलाएका थिए ।

पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले उनीहरुमाथि गोली हानेर भागेका हुन् । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

दिपक पाण्डेलाई उपचारका लागी भैरहवा भेडिकल कजेलमा राखिएको छ । उनको ढाड र पेटमा गोली लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.