सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित चार जना पक्राउ

| 2021 May 19 | 08:41 pm 3585

सुनसरी, जेठ ५ः  जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित पूर्वपश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले ६७ बोतल कोरेक्स र १ सय वटा निट्रोजेन ट्याब्लेसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको भोक्राहा गाउँपालिका १६ बस्ने रघुनन्दन मण्डल, १८ वर्षीय बिरेन्द्रप्रसाद यादव, शिवनन्दन मण्डल र सोही जिल्लाकै ईटहरी उपमहानगरपालिका ९ बस्ने ३२ वर्षीय आशिषकुमार मण्डल रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

चोरीनिकासीको १ सय ५० कार्टुन स्याउसहित दुई जना पक्राउ
रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ महुलियास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख ५ हजार रुपैयाँ बराबरको १ सय ५० कार्टुन स्याउसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका ८ बस्ने ३५ वर्षीय सुभाष श्रेष्ठ र बारा जिल्लाको कलैया उपमहानगरपालिका ११ बस्ने ३४ वर्षीय कुमार राउत रहेका छन् ।

नेपालबाट अवैध रुपले प्र २–३–००१ च ७४१ नम्बरको बलेरो पिकअप गाडीमा राखेर भारततर्फ लैजाँदै गरेको उक्त स्याउसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहियाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ
गरेको हो । सशस्त्र प्रहरीले उक्त स्याउ लैजान प्रयोग भएको सो गाडी समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद स्याउ तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

लागूऔषध बरामद
पर्सा जिल्लाको ठोरी गाउँपालिका ५ माली बस्तीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले २ सय ५ बोतल वनरेक्स र ६ सय वटा निट्रोजेन ट्याब्लेट बरामद गरेको छ ।

त्यसवेला भारतबाट नेपालतर्फ आउदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल फरवार्ड वेश माघमोर्चाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध सोही ठाउँमा छाडी फरार भएका थिए ।

सशस्त्र प्रहरीद्वारा काठ बरामद
कपिलवस्तु जिल्लाको बर्दघाट नगरपालिका ४ पूर्व–पश्चिम लोकमार्गस्थित खुर्सानी खोलाको छेउबाट सशस्त्र प्रहरीले करीव १ लाख ३७ हजार रुपैयाँ बराबरको करीव ३९ क्यूफिट सिसौको काठ बरामद गरेको छ ।

उक्त स्थानमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिजयनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.