ललितपुर, जेठ ५ः हाल विश्वभर महामारीको रुपमा फैलिएको COVID-19 रोगको कारण बिमारी भई अस्पतालमा उपचाररत रहेको विरामीहरूको लागि अक्सिजन ग्याँस अभाव भैरहेको सन्दर्भमा ललितपुर जिल्लामा समेत अक्सिजन ग्याँसको कृतिम अभाव सृजना गरी बढी मूल्यमा ग्याँस सिलीण्डर बिक्री बितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर न.पा. ३ घर भई हाल ललितपुर महानगरपालिका १५ सातदोबाटो बस्ने ३९ वर्षीय रामकृष्ण घिमीरे, मकवानपुर हेटौडा उप.म.न.पा. ६ घर भई हाल ललितपुर जिल्ला महानगरपालिका १२ लगनखेल बस्ने ४२ वर्षीय नबराज खनाल र धादिङ साविक कल्लेरी गा.वि.स. ५ हाल परिवर्तित गल्छी गा.पा. २ घर भई हाल ललितपुर महालक्ष्मी
नगरपालिका २ इमाडोल बस्ने ४२ वर्षीय राम शरण अधिकारी रहेका छन् ।
गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न उनीहरू तीनै जनाले वजारमा.१५ हजार पर्ने अक्सीजन ग्याँसको सिलिण्डरलाई वजार मूल्य भन्दा बढी लिई प्रति सिलिण्डर ४१ हजारमा विक्री गर्ने क्रममा मंगलबार साँझ ललितपुर महानगरपालिका १४ महालक्ष्मीस्थान स्थितवाट अक्सीजन भरिएको ग्याँस सिलिण्डर थान १, सोही ग्याँस खरिद विक्री गर्दै गरेको नगद ४१ हजार र ग्याँस कम्पनीवाट ग्याँस भरिएका रसिदहरू थान ४ सहित पक्राउ गरी उनीहरू उपर कालो वजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भईरहेको बताइएकाे छ ।