काठमाडाैं, जेठ ५ः निर्वाचनकाे मौन अवधिमा आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्दै वक्तव्य दिएको प्रति नेपाली कांग्रेसले घाेर भर्त्सना गरेको छ ।
बुधबार बसेको कांग्रेस संसदीय दल, कार्यसमितिको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेको भन्दै आप्पत्ति जनाएको हो ।
प्रमुख सचेतक बालकृष्ण खाणले भने, निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।
वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुने तयारीमा रहेकाे छ । त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बादलको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।