कोरोना सक्रमितको दाहसंस्कार आफन्तले गर्न थालेपछि गाउँमा त्रास

| 2021 May 19 | 07:35 am 2593

रोल्पा, जेठ ५ः कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा सेनाले ध्यान नदिदा कोरोना सक्रमितको दाहसंस्कार आफन्तहरुले गर्न थालेपछि गाउँमा त्रास फैलन थालेको छ ।

कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा अस्पताल भर्ना भएका रोल्पा नगरपालिका ­२ लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । शव अस्पताल पु-याएका आफन्तहरु लामो समय कुर्दा समेत शव ब्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनाले चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापनका गर्न बाध्य भएको गुनासो गरेका छन् ।

यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति गाउँपालिका­ ४ का एक पुरुषको अन्त्यष्टी आफन्तले नै गरेका थिए । कोरोनाका कारण मृत्यु हुनेको सख्या रोल्पामा बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार मंगलबारसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

यसरी मृत्यु भएकाहरु मध्ये अधिकांशको अन्त्यष्टी परिवारले नै गरेका छन् । नातेदार वा छिमेकीको मृत्युपछि दाहसंस्कारका लागि मलामी जानुपर्ने सामाजिक दायित्वका कारण दाहसंस्कारमा जमघट हुने क्रम बढ्दै जान थालेसँगै कोरोना संक्रमण जिल्ला भर फैलने चिन्ता स्थानीयले गरेपनि प्रशासनले भने कोरोना नियन्त्रणमा ध्यान दिन नसकेको लिवाङका आशामान घर्तीले बताए ।

कोरोना सङ्क्रमितको परिवारबाट गरिने अन्त्यष्टीले कारोना सक्रमण भयावह हुने देखिन्छ छिमेकीको मृत्युसँगै अन्त्यष्टीमा उपस्थित भएर फर्किएका रोल्पा नगरपालिका­ ४ का विनोद आचार्यले भने । मृतकको शव परिवारका सदस्यहरुले समेत छुने गर्दा परिवारका सदस्यमा पनि सक्रमणको उच्च जोखिम रहेको उनको भनाइ छ । आफन्तको मृत्युभएपछि एक घण्टा पर्खंदा समेत सेनाको टोली नआएपछि आफूहरुले नै शवको अन्त्यष्टी गरेको रोल्पा नगरपालिका­ ४ का धनराज डाँगीले बताए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.