सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2021 May 18 | 06:23 pm 3073

सप्तरी, जेठ ४ः जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १२ वटा निट्राभेट ट्याब्लेट र २ बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको राजविराज नगरपालिका ६ बस्ने २३ वर्षLय सागर मेहत्ता रहेका छन् ।

स ८ प ९४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेहत्तालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध
फेला परेपछि उनलाई सो मोटरसाईकलसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

गाँजा बरामद 
बारा जिल्लाको पचरौता नगरपालिका १ मुसहर बस्तीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३० किलाे गाँजा बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पिपराबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलभित्र जाँच गर्दा
उल्लेखित परिणामको गाँजा फेला पारिएको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.