काठमाडाैं, जेठ ४ः Covid-19 को संक्रमण बढेका कारण अस्पतालहरुमा Oxygen आवश्यक पर्ने बिरामीहरुको चाप उच्च रहेको अवस्थामा Oxygen को आपूर्तिलाई सहज बनाउने नेपाल सरकारको प्रयासमा नेपाली सेनाले कोभिड-१९ व्यवस्थापन तथा संचालन केन्द्र (CCMC) स्थापना गरेकाे छ ।
त्यसैगरी जनसंख्या तथा स्वास्थ्य र गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा Oxygen Plant हरुको संचालन तथा Oxygen Cylinder हरुको ढुवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाइ एवं सडक सवारी साधनहरुको प्रयोग मार्फत सहयोग पुर्याउँदै आएको छ ।