सेरेनालाई पछार्दै एन्जेलिकले उचालिच विम्बल्डन टेनिसको उपाधि

रिपोर्ट नेपाल | 2018 Jul 15 | 09:33 am 4430

काठमाडौं, असार ३१: अमेरिकी सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिक केर्बेरले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन्। शनिबार सेन्टर कोर्टमा भएको फाइनल खेलमा केर्बेरले सेरेनालाई ६-३ र ६-३ को सोझो सेटमा सहजै पराजित गरिन्।

३० वर्षीया केर्बेरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो। उनले यसअघि युएस ओपन र अष्ट्रेलियन ओपन जितेकी थिइन्। ३६ वर्षीया सेरेना हालै सुत्केरी भएकी थिइन् । उनी ९ महिनापछि मैदान छिरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.