डा. केसीको स्वास्थ्य अत्यन्तै जटिल

| 2018 Jul 15 | 09:03 am 1578

जुम्ला, असार ३१: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ। तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन्।

शुक्रबार साँझदेखि डा.केसी पटक-पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए। ‘स्वास्थ्य अत्यन्तै जटिल छ,’ उनले भने, ‘शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम छ । मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ।’

यसैबीच डा.केसीका मागप्रति समर्थन जनाउन नेपाल विद्यार्थी संघको टोली जुम्ला आइपुगेको छ। संघले आइतबार बृहत् विरोधसभा र धर्ना गर्ने कार्यक्रम छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.