जापानको होक्काइडो प्रिफेक्चरमा ६.१ म्याग्निच्यूडको भूकम्प

रिपोर्ट नेपाल | 2021 May 16 | 02:09 pm 2329

एजेन्सी, (टोकियो) जेठ २ः आइतबार जापानको होक्काइडो प्रिफेक्चरमा ६.१ म्याग्निच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।

जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो ।

भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.