सफा हिमाल अभियान-२०२१ को दौरान मानव कंकाल फेला

रिपोर्ट नेपाल | 2021 May 13 | 04:27 pm 2065

काठमाडाैं, बैशाख ३०ः सफा हिमाल अभियान-२०२१ अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेना सहितको संयुक्त टोलीले  २०७८ वैशाख २८ गते सगरमाथाको Camp-II बाट संकलित फोहोरलाई बेश क्याम्पमा Re-packing
गर्ने क्रममा Human Skeleton Remains (मानव कंकाल) को दांया हात र वांया पाखुरा फेला परेको छ ।

उक्त फेला परेको मानव कंकाललाई सोही मितिमा सगरमाथा बेश क्याम्पबाट हेलिकप्टर मार्फत लुक्ला पठाईएको र आवश्यक प्रक्रियाको लागि लुक्ला स्थित ईलाका प्रहरी कार्यालयलाई बुझाइएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.