काठमाडौं- बेल्जियमले इंग्लयाण्डलार्इ २-० ले पराजित गर्दै २१ औं संस्करणको विश्वकप २०१८ मा तेस्रो स्थान हात पारेको छ।
तेस्रो स्थानका लागि रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा इंग्लयान्डलाई २–० ले पराजित गर्दै तेस्रो स्थान हात पार्दै घर फर्किएको हो।
खेलको चार मिनेटमा नै गोल गर्दै बेल्जियमले शुरुवाती अग्रता लिएको थियो । शुरुवाती अग्रता बेल्जियमका थोमस मिउनिरेले दिलाएका थिए । उनले नासेर चाड्लीको पासलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए ।
शुरुवाती समय देखिनै दबाबमा राखे पनि इंग्लयान्डले गोल गर्न भने सकेन । पहिलो हाफमा १–० को अग्रता लिएको बेल्जियमले खेलको ८२ औं मिनेटमा बेल्जियमका कप्तान इडेन हाजार्डले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
उनले डि ब्रुइनको पासको सदुपयोग गर्दै गोल गरेका हुन् । इंग्ल्यान्डविरुद्ध बेल्जियमको १–० को अग्रतासँगै पहिलो हाफ सकिएको थियो । बेल्जियमको यो सफलता व्श्विकप इतिहासकै पहिलो सफलता हो ।




