काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म थप

रिपोर्ट नेपाल | 2021 May 11 | 05:06 pm 2285

काठमाडौं, बैशाख २८ः काठमाडौं उपत्यकामा लाग्दै आएको निषेधाज्ञा आउदो जेठ १३ गतेसम्म थप गरिएको छ।

निषेधाज्ञा थप कडाइ र केही नयाँ निर्णय समेत गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अवदेखी बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण रोक लगाएको बताए।

कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले तरकारी बजार पनि संक्रमणको स्रोत भएको निष्कर्ष निकालेका छन् ।

किराना पसल र डिपार्टमेन्ट स्टोर विहान १० बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । यसअघि ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिएपनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.