भारतीय रुपैयाँसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2021 May 09 | 07:24 pm 2869

बर्दिया, बैशाख २६ः जिल्लाको राजापुर नगरपालिका ४ स्थित सतीघाट पुलबाट एपीएफ टोलीले १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको टिकापुर नगरपालिका १ बस्ने २९ वर्षीय गोपाल चौधरी ररहेका छन् ।

सु.प.प्र. ०१–००८ प ४१४५ नम्बरको मोटरसाईकलमा सवार निज चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखि भारतीय रुपैयाँको श्रोत
खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले निज चौधरीले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

लागूऔषध बरामद
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट  एपीएफ टोलीले ७६ बोतल डाईलेक्स डिसी, ११ बोतल कोडिन एक्जीप्लोन र १० बोतल कोडील नामक लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध सोही ठाउँमा छाडी फरार भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.