आम जनसमुदायमा नेता जगदिश्वरनरसिंह केसीको अपिल

| 2021 May 09 | 12:20 pm 4285

काठमाडाैं, बैशाख २६ः नेपाली कांग्रेस नुवकोटका सभापति जगदिश्वरनरसिंह केसीले काेभिड १९ काे याे संकटका बेला सबैमा अपिल गरेका छन् ।

उनले भनेका छन्, सबै अस्पतालमा अहिले अक्सिजन सिलिन्डरको हाहाकार छ । यस पहिले उपचारको क्रममा अधिकांस ब्यक्तिले अक्सिजन सिलिन्डर घर घरमा लगेका थिए। घरमा भएका श्वास प्रश्वास सम्वन्धि रोगीको लागि प्रयाेग गरेको घरमा अक्सिजन सिलिण्डर एउटा कुनामा थन्केर वसेको पाइयो । जुन यो महामारीमा आवश्यक छ ।

साथै स्वास्थ्य सस्था बाहेक अन्यत्र ग्रिल उध्योग, इट्टा भट्टा, क्रशर, मोटर ग्यारेज अधिकांस ठाउँमा यो प्रयोग हुन्छ । ढुवानिको हिसाबले १/२ वटा मात्र लग्दा खर्चिलो हुनेभएकोले दर्जनौ सिलिन्डर लगेका हुन्छन ती उद्याेग बन्द छ, जिल्ला अस्पताल वा सम्बन्धित निकायलाई पछि फिर्ता हुनेगरी हाललाई सहयोग गरौ महामारीमा तपाइको घर उद्याेग कलकारखानामा खालि बसेको यो सिलिन्डरले कसैले नयाँ जीवन दान पाउनेछन् !

तपसिलका साथीहरुलाई सम्पर्क गरी आ–आफ्नो घरको अक्सिजन सिलिण्डर हस्तान्तरण गर्न समस्त नुवाकोटवासी दिदिवहिनी ,दाजुभाइलाई हार्दिक अपिल गर्दछु । सम्पर्क : गर्ने साथिहरु कृष्ण रिजाल – ९८४१६९७२६६ नमराज सुवेदी -९८६०५१२८४३ उपेन्द्र मिश्र-९८४१७८९८१६

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.