एपीएफ टोलीद्वारा लागूऔषधसहित पाँच जना पक्राउ

| 2021 May 06 | 06:33 pm 2841

पर्सा, बैशाख २३ः जिल्लाको वीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले ४ बोतल कोरेक्स, ३ वटा नाईट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा  वीरगंज महानगरपालिका २७ बस्ने २७ वर्षीय रियाज मन्सुरी, २३ वर्षीय विनोद आलेमगर र २५ वर्षीय अरबिन्द कुमार गुप्ता रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी सिर्सियामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले ९ वटा नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई मोरङ्गकाे बिराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको विराटनगर महानगरपालिका ११ बस्ने ३३ वर्षीय सुरज दाहाल र सुनसरी जिल्लाको बर्जु गाउँपालिका ३ बस्ने ३२ वर्षीया विमला हरिजन रहेका छन् ।

बा ९६ प २०१४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.