लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगीद्वारा राजीनामा

| 2021 May 05 | 04:30 pm 4873

बुटवल, बैशाख २२: एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन्। बुधबार  प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।

डाँगी दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्। राजीनामा उनले प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन्। सांसद डाँगी वैशाख १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित थिए।

उनले राजीनामा पत्रमा प्रधानमन्त्री केपी ओलीप्रति समेत असन्तुष्टि जनाएका छन्। उनले सत्ताका नाममा राजनीतिक खिचातानी भएको भन्दै आराम गर्न चाहेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.