त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट रुट बनाएर यात्रा गर्न नपाइने

| 2021 Apr 27 | 01:40 pm 1737

काठमाडौं बैशाख १४: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने भएको छ । अध्यागमन विभागले यही वैशाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि वैशाख १५ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। अध्यागमन विभागका अनुसार नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश जान भने कुनै रोकतोक छैन

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.