उपप्रधानमन्त्री पोखरेलले यसरी सम्झिए आफ्ना नेतालाई

| 2021 Apr 26 | 09:19 am 6461

काठमाडौँ बैशाख १३: नेकपा एमालेका नेता एवं उपप्रधानमन्त्रि इश्वर पोखरेलले स्वर्गीय मनमोहन अधिकारीको २२औ स्मृति दिवसका अवसरमा एक बिज्ञप्ति जारिगरी स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको जनाएका छन्।

उपप्रधानमन्त्रि पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष , नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवसका अबसरमा उक्त्त कुरा उल्लेख गरेका हुन् ।

पोखरेलले आफ्नो बिज्ञप्तिमा नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले छाडेर गएको २२ बर्ष पुगेको उल्लेख गर्दै २२औं स्मृति दिवसका अवसरमा श्रद्वाञ्जली व्यक्त गरेका छन् ।

नेता पोखरेलले आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी
काममा सक्रिय रहन उर्जा प्रदान गरोस भन्ने कामना समेत गरेका छन् ।

नेता पोखरेलले स्वर्गीय अधिकारीले २०५१ सालमा नेतृत्व गरेको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण आफ्ना लागि सदैव गौरवान्वित भएको बिज्ञप्तिमा उल्लेखे गरेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.