छाउनीमा निर्माण हुने वीरेन्द्र अस्पताल भवनको शिलान्यास सम्पन्न

| 2021 Apr 25 | 09:29 am 2525

काठमाडौँ बैशाख १२: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताका आकांक्षालाई केन्द्र बिन्दुमा राखेर अघिबढेको बताएका छन्। उक्त कुरा प्रम ओलीले छाउनीमा निर्माण हुने सातसय पचास सैया क्षमताको अस्पताल भवनको शिलान्यास गर्दा बताएका हुन्।

शिलान्यास कार्यक्रमलाई सम्बोधनगर्दै प्रम ओलीले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनहरुको लागि नव निर्माण गर्दै “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताएका थिए ।

नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७ सय ५० शैया क्षमताको वीरेन्द्र अस्पताल भवन बन्ने भएको हो।

पाच सय घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आए पश्‍चात् नेपालकै नमुना अस्पताल (उत्कृष्टता को मेडिकल सेंटर) को रुपमा कार्य संचालन गरी रिसर्च लगायत अन्य तिस प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने जनाईएको छ।

विपदको अवस्थामा छ हजार लाई उपचार गर्ने क्षमता रहने उक्त्त अस्पताल दुइ सय सात रोपनी जग्गामा निर्माण भई अबको सात वर्षमा सेवा शुरु हुने र दस वर्षभित्र पूर्ण रुपमा संचालन हुने योजना रहेको नेपालि सेना जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.