कोरोना संक्रमण नियन्त्रणगर्न काठमाडौं उपत्यकामा लकडाउन सिफारिस

| 2021 Apr 24 | 01:43 pm 1757

काठमाडौं बैशाख ११: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै तत्कालन एक महिना लकडाउन गर्न सिफारिस गरेको छ।

तत्काल लकडाउन नगरे स्थिति अझ विग्रन सक्ने र नेपाल वर्तमान स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै मन्त्रालयले तत्काललै कम्तिमा ४ साता लकडाउन गर्न सुझाब दिएको हो ।

यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.