काठमाडौंमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागू

रिपोर्ट नेपाल | 2021 Apr 20 | 04:19 pm 1729

काठमाडाैं, बैशाख ७ः कोरोनाभाइरस महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो ।

जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा  र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.