जिल्ला कारागार कार्यालय गुल्मीका कार्यालय सहयोगी कार्यालयभित्रै मृत फेला

रिपोर्ट नेपाल | 2021 Apr 20 | 11:51 am 1645

गुल्मी, बैशाख ७: जिल्ला कारागार कार्यालय गुल्मीका कार्यालय सहयोगी कार्यालयभित्रै मृत फेला परेका छन्। मृत फेला पर्नेमा रेसुंगा नगरपालिका-१० सिमीचौरका ४४ वर्षीय गोविन्दप्रसाद पाण्डे रहेका छन्।

उनी मंगलबार बिहान करिब ८ बजेतिर कार्यालयकै एक क्याबिनमा डोरीको पासोमा झुण्डिएको अवस्था मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कार्यालय सहयोगी पाण्डेले यसघि पनि पटक-पटक बिष सेवन गरी आत्महत्याको प्रयार गर्ने गरेको प्रहरीले जनाएको छ। पाण्डेले अत्याधिक मदिरा सेवन गर्ने गरेको पनि प्रहरीले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.