- राजन झा
धनुषा, बैशाख ६ः जनकपुर लगायत तराईका विभिन्न जिल्लामा आज चैती छठपर्व सम्पन्न भएकाे छ । बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि चैती छठपर्व सम्पन्न भएको हाे।
प्रत्येक वर्ष चैत शुक्लपक्षको षष्ठी तिथिका दिन अर्थात हिजो अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिँएर सम्पन्न गरेका हुन् । तराइमा हर्षाेल्लसका साथ मनाइने याे पर्वले श्रद्धा, निष्ठा र लोकआस्थाको महत्व बाेकाे छ । त्यसैले अहिले पनि याे चैती छठपर्व मनाउने गरेका छन् ।