सिरहाको भगवानपुरमा बलासुन्दरी महोत्सव सुरु

रिपोर्ट नेपाल | 2021 Apr 16 | 11:15 am 2757

  • महेश सिंह

सिरहा, बैशाख ३ः सिरहाको सिमावर्ती गाउँपालिका भगवानपुरमा बालासुन्दरी भगवती महोत्सव सुरु भएको छ । पौराणिक धार्मिक आस्था बोकेको बालासुन्दरी भगवतीले लामो समय देखि उक्त ठाँउमा भाकल र निःसन्तान दम्पतिहरुले पुजा गर्ने गर्दछन्।

No description available.

बालासुन्दरी भगवती नेपालको शक्ति पिठ मध्ये एक हुन्। भगवतीलाई दर्शन गर्न नेपाल लगायत छिमेकी मुलुक भारतका बिहार राज्यबाट मानिसहरु दर्शन गर्न आउने हुनाले उक्त स्थानमा भिड लाग्ने गर्दछ ।

नेपाल र भारतको सिमासँग जोडीने भएकाले निरन्तर भक्तजनहरुको भिड लाग्ने गरेको स्थानीय रमेन मण्डलले बताए ।

गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले पानसमा बत्ति बालेर महोत्सवको उदघाटन गरेका थिए ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार यादवको बिशेष पहलमा महोत्सव कार्यक्रमको आयोजना भएको हो। बालासुन्दरी भगवती सबैको धार्मिक आस्थाको दरवार भएकोले सबै हिन्दु धर्मावलम्बीहरुलाई आफ्नो धर्मप्रतिको आस्था अझै बलियो होस भन्ने प्रमुख यादवको भनाई रहेको छ ।

कोरोना भाईरसको मध्य नजर गरी सामाजिक दुरी कार्यम गरी माक्स र सेनिटाईजर प्रयोगको ख्याल गरी उक्त कार्यक्रमको आयोजना गरेको हो ।

अतिथिहरुमा नेकपाको जिल्ला कमिटी सदस्य तथा युवा नेता उग्र नारायण यादव लगायतका विभिन्न पार्टीका पर्तिनिधीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.