मास्कको प्रयोगबिना विमानस्थल प्रवेशमा राेक

| 2021 Apr 16 | 07:15 am 2809

काठमाडौं, बैशाख ३ः मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुले मास्कको प्रयोगबिना प्रवेश नपाउने भएका छन् ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानद्वारा स्वदेश तथा विदेश यात्रा गर्ने यात्रु, आफन्तलाई पुर्याउन तथा लिन आउनेले समेत मास्क प्रयोग नगरे विमानस्थल प्रवेशमा रोक लगाइएको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा देखापरेको र उक्त रोग रोकथामका लागि उक्त नियम लागू गरिएको पनि एसएसपी बास्तोलाले जानकारी दिए । विमानस्थल प्रवेश गर्नेले मास्कको प्रयोग गरेको नपाइए उडान भर्न समेत रोक लगाइने पनि उनले जानकारी दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.