काठमाडाैं, बैशाख २ः युनिफिल मिशन, Sector East Commander Brig. Gen. Javier Miragaya Prieto द्वारा शुभारम्भ भएको Blue to Green Campaign, 2021 लाई निरन्तरता दिंदै लेवनानमा खटिएको नेपाली सेनाको श्री बर्द बहादुर गण (शा.से.) ६२ औं डफ्फाले मिति २०७७ चैत २८ गते नगर प्रमुखहरुको सहभागितामा माज्दल स्लिम र साक्रा
नगरपालिकामा २५०/२५० गोटा पाईन्स, सेडार, कारवोस, अलिभ र फिग्स प्रजातिका विरुवाहरु वृक्षारोपण गरेको छ ।
साथै, लेवनानको Mother’s Day को अवसरमा हौला नगरपालिकाका महिलाहरुलाई लक्षित गरी मिति २०७७ चैत ९ गते संचालन गरीएको Covid-19 and Female Health Awareness Training मा सहभागि २३ महिलाहरुलाई गणको तर्फबाट Covid kit/first AID Kit वितरण गरिएको थियो ।
सोहि गणमा मिति २०७७ चैत २४ गतेबाट डेन्टल ओ.पि.डि. पुन: संचालनमा आएपश्चात जिम्मेवारी क्षेत्रका स्थानीयहरुले समेत दाँत सम्बन्धि सेवा प्राप्त गर्दै आईरहेका छन् । यसै क्रममा हालसम्म स्थानीय १० जनाले Emergency सेवा समेत प्राप्त गरिसकेका छन् ।
लेवनानको दक्षिणी क्षेत्रमा तैनाथ भई युनिफिल मिशनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको उक्त गणले हालको महामारीको समयमा समेत आफ्नो जिम्मेवारी क्षेत्रमा CIMIC गतिबिधिलाई निरन्तरता दिएकाले स्थानीय निकायहरुको मन, मस्तिष्क जित्न सफल भएको बताइएकाे छ ।