नक्कली सुन देखाई ठगी गर्ने तामाङ पक्राउ

रिपोर्ट नेपाल | 2021 Apr 15 | 08:03 pm 1677

काठमाडौं, बैशाख २ः नक्कली सुन देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका १ तिपलिङ्ग घर भई हाल काठमाडौं टोखा नगरपालिका ३ कोठा गरी बस्ने २२ वर्षीय इमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र तामाङ रहेका छन् ।

उनले विभिन्न व्यक्तिहरुलाई फलाममा सुनको जलप लगाइएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको सुचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २०७७ चैत ३१ गते कामनपा १६ बनस्थलीबाट पक्राउ गरी थप अनुसन्धनका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.