काठमाडौं, बेशाख १ः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । मंलगलबार नै प्रधानमन्त्री कार्यालयले बुधबार बिहान प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने सुचना जारी गरेको थियो ।
प्रधानमन्त्री ओलीले ‘नयाँ वर्ष २०७८ साल’को अवसरमा देसवासीलाई शुभकामना सन्देश दिन लागेका हुन् । उनले बुधबार आज विहान ८ बजे सिंहदरबारबाट सन्देश दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ वर्षको शुभकामनाको अलावा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जनकारी दिने बताइएको छ ।