एपीएफ टोलीद्वारा अवैध काठ बरामद

| 2021 Apr 13 | 07:41 pm 2313

महोत्तरी, चैत ३१ः जिल्लाको गौशला नगरपालिका २ स्थित निगौल चोकबाट एपीएफ टोलीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको एक सय ५० क्यूफिट मसलाको काठ बरामद गरेको छ ।

ना १ त ८११६ नमबरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामनगरबाट खटिको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त ट्याक्टर समेत बरामद गरेको छ । बरामद काठ तथा ट्याक्टर सागरनाथ वन परयोजनाको कार्यालय महोत्तरीमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव ३ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सिसि क्यमरा, मोवाईल पार्ट्स, लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो
। बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

आगलागी नियन्त्रण 
खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नरपालिका १ दिक्तेल बजार स्थित गणेश फर्निचर उद्योगमा भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका
छन् ।

सो स्थानमा रहेको उक्त फर्निचर उद्योगमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ । आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।

उक्त आगलागीबाट जेनरेटर, कटर मेसीन, खराट मेसीन, हाते मेसीन तथा काठ जली करीव ५० लाख ८६ हजार रुपैया बराबरको धनमाल क्षती भएको बताईएको छ ।

यसैगरी प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिवङ्ग स्थित बराह सामुदायिक बनमा भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।

उक्त वनमा लागेको आगो बस्तीमा सल्कन गई सात वटा घर जलेर करीव ४८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म
प्यूठानबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा जुटेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.