नक्कली सुन देखाएर सक्कली सुन लुट्ने पक्राउ

| 2021 Apr 13 | 07:36 am 1781

तनहुँ, चैत ३१: नक्कली सुन देखाएर विभिन्न बहानामा सुन लुट्ने काममा संलग्न एक गिरोहलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका-४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-११ रानीपौवा निवासी ३९ वर्षका सम्शेर सुनार र धादिङ सेरतुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-२६ बुढीबजार निवासी ४४ वर्षका प्रेम तामाङ रहेका छन् ।

दमौलीको ट्राफिक चोकमा आएका बेला चाइना पुलसम्म पुर्‍याएर म्याग्दे गाउँपालिका -१ धरादी निवासी ६४ वर्षीया सेतीमाया राना मगरका साथबाट सुन लुटेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

आइतबार दिउँसो भएको घटनामा रानाले कानमा लगाएको डेढ तोलाको एउटा बेरुवा रिङ, घाँटीमा लगाएको सात लालको सुनको तिलहरी र साथमा रहेको नगदसहित  एक लाख ५८ हजार एक सय ५० रुपैयाँ बराबरको सुन लुटपाट भएको थियो।

ठगीको आरोपमा लाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए। उनीहरुलाई ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.