एपीएफ टोलीद्वारा आगूऔषधसहित यादव पक्राउ 

| 2021 Apr 12 | 07:23 pm 2833

सिरहा, चैत ३०ः जिल्लाको सिरहा गाउँपालिका १ स्थित शिवचोकबाट एपीएफ टोलीले ७३ वटा डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मिर्चैया नगरपालिका ३ बलुवा टोल बस्ने २१ वर्षीय काशिन्द्र यादव रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाईएको छ ।

भरुवा बन्दुक बरामद
दाङ् जिल्लाको राजापुर गाउँपालिका ६ स्थित कल्याणपुरबाट एपीएफ टोलीले दुई नाल भरुवा बन्दुक तथा सोको २ सय ५० ग्राम बारुद र ५ सय ग्राम छर्रा बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कल्याणपुरबाकट खटिएको एपीएफ टोलीले बरामद गरको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.