नयाँ बसपार्ककाे एक होटलमा युवकको शव फेला

रिपोर्ट नेपाल | 2021 Apr 11 | 01:58 pm 2789

काठमाडौं, चैत २९ः नयाँ बसपार्ककाे मित्रनगरस्थित एक होटलमा एक युवकको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको हो ।

शनिबार राति १० बजे गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । नागरिकताको आधारमा मृतकको परिचय खुलेको हो भने शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको डीएसपी खड्काले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.