ललितपुर, चैत २४ः विभिन्न प्रकारकाे मुर्ती चाेर्ने चाेरलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक वेथानचोक गाउँपालिका ६ घर भई हाल ललितपुर महानगरपालिका १२ मंगलवजार बस्ने ४८ वर्षीय राज कुमार सुनार रहेका छन् ।
उनले ललितपुर महानगरपालिका १६ धौगलवजार स्थित माईकल शाक्यले संचालन गरेको मुर्ति वनाउने स्थानवाट विभिन्न आकृतीका धातुका १६ थान मुर्ति चोरी गरेका थिए ।
चाेरी गर्ने जिल्ला सुनारलाई २०७७ चैत २२ गते वेलुका चोरीका सम्पुर्ण मुर्तिहरु सहित ललितपुर वालकुमारीवाट पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतवाट दिन ५ को म्याद थप भई अनुसन्धान भईरहेको ललितपुर प्रहरीले जानकारी दिएकाे हाे ।