मकवानपुर, चैत २३ः साेमबार बिहान भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६९ वर्षीया हस्तमाया सिन्तान रहेकी छन् ।
वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोबाट प्रितिबहादुर सिन्तानको घर र गोठमा आगलागी हुँदा उनका श्रीमती हस्तमायाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे।
साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ।