काठमाडौं,असार २९ : विभिन्न ठगीका मुद्दा परेका दिपक थापालाई सिआइविको टालीले पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतको मिति २०७३।१२।११ गतेको फैसलाले ठगी मुद्दाका प्रतिवादी रहेको जिल्ला ललितपुर साविक सैंवु गा.वि.स.वडा नं.७ हालको ललितपुर महानगरपालीका वडा न. १८ बस्ने तात्कालिन बाग्मती बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष समेत भएको दिपक थापा बिभिन्न चार वटा ठगी मुद्दाहरुमा पक्राउ परेको हो।
निजलाई जम्मा १ बर्ष कैद र रु ९६,८८,९००। जरीवाना हुने ठहर भएको छ । फरार रहेकोमा निज दिपक थापालाई यस केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले मिति २०७५।०३।२८ गते ललितपुरको सैंवुबाट पक्राउ गरीएको हो ।
फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाईएको छ ।
प्रतिवादी दिपक थापाले संचालकहरुले बाग्मती बहुउदेशीय सहकारी संस्था र मञ्जुश्री सहकारी संस्थालाई मर्ज गरेको भनी २०८ जना सर्वसाधारण ब्यक्तिहरुबाट संकलन भएको जम्मा निक्षेप रकम रु ३,२६,६६,७९०। फिर्ता नगरी उल्लेखित सहकारी संस्थाहरु बन्द भयो भनेर ठगी गरी फरार रहेका थिए ।