काठमाडौं, चैत २२ः भक्तपुर नगरपालिकाले नेपालको संविधान विपरित आफ्नाे कानुन निर्माण गरेको छ । नेपालको संविधान २०७२ को धारा १७ को उपधारा (१) को (ङ) विपरित नगरपालिकाले आफ्नाे कानुन निर्माण गरेको हो । नेपालको संविधान २०७२ को धारा १७ मा स्वतन्त्रताको हक र उपधारा (१) मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट बच्चित गरिने छैन भन्ने उल्लेख छ भने उपधारा (१) को (ङ) मा नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता सम्बन्धी हकलाई सूनिश्चत गरेको छ ।
तर, भक्तपुर नगरपालिकाले नागरिकको मैलिक हक अधिकारलाई कुन्ठित गर्दै संविधान विपरित कानुन बनाएको छ । नगरकालिकाले कला संस्कृति र सम्पदा संरक्षण एवं सम्बर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ निर्माण गरेको छ ।
यस ऐनको दफा ५ उपदफा (७) मा सांस्कृतिक क्षेत्र भित्र घर जग्गाहरु स्थानीय नागरिकले बाहेक अन्यले खरिद गर्न नपाउने भनिएको छ । उक्त कानुन निर्माण पछि अहिले त्यहाँका स्थानीयले आफ्नाे घर जग्गा विक्री गर्न पाएका छैनन् ।
नगरपालिकाले भक्तपुरका स्थानीय बाहेकलाई घर जग्गा विक्री गर्न नदिएपछि भक्तपुर नगरपालिका वडा नम्बर ८ सुकुल ढोकाका राजेन्द्र राय एक वर्ष देखि जग्गा विक्री तनावमा छन् ।