- महेश सिंह
सिरहा, चैत २२ः महुली बिकास लहान शाखाले आयोजना गरेको दुई दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।महिलाहरुलाई बित्तीय सम्बन्धि जानकारी र कार्यभार सम्बन्धि जानकारी गराउन र एक आपसमा परिचित गराउन उक्त समिक्षा कार्यक्रमको आयोजना गरेको महुली लघुबित बित्तीय संस्था लहान शाखाका प्रबन्धक सन्तोष कुमार यादवले जानकारी दिए।

२०५१ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट महुली युवा क्लबको नाममा दर्ता भएको थियो। उक्त संस्थाले २०५७ साल देखि ऋण कारोबार गर्न थालेका हुन् ।
२०६९ सालमा महुली बित्तीय संस्थाको दर्ता भई हाल २३ वटा जिल्लामा आफ्नो शाखा बिस्तार गर्न सफल भएको महुली लघुबित बित्तीय संस्थाको केन्द्रीय कार्यालयको तालिम बिभागको प्रमुख रुसियन चौधरीले जानकारी दिए ।
बार्षिक रूपमा महुली लघुबित बित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुख उप प्रमुखहरुको बार्षिक रूपमा समिक्षा तथा बित्तीय साक्षरता कार्यक्रम गर्ने गरेको लहान शाखाका प्रबन्धक यादवले बताए।

महिला जागरण उत्थान र बैंकसँग महिलाहरुलाई पहुँच होस भने उद्देश्यले स्वाबलम्बी र स–सानो कर्जा प्रवाह गर्ने गरेको र महिलाहरुलाई स्वरोजगार बनाउने र ब्यवसाय तिर उनमुख गराउने गरेको तालीम सहजकर्ता डम्बर नारायण यादवले जानकारी दिए ।
संस्था भित्र रहेको कमि कमजोरी नयाँ निति र सेवा सुबिधा सम्बन्धि जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गर्ने गरेको हो । लहान सखाको कार्य क्षेत्र भित्र रहेको नगरपालिका, गाउँपालिका मध्ये लहान, धनगढी, सुखीपुर, लक्ष्मीपुर पतारी र सखुवानान्कारकटी गाउँपालिका भित्रका समुहका प्रमुख र उप प्रमुख गरी १ सय ९७ जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
उत्कृष्ट भएका केन्द्रहरुमा प्रथम सपना महिला बिकास केन्द्र, दोस्रो पुजा महिला बिकास केन्द्र लहान १९ र तेस्रो पुस्कार बलान माता महिला बिकास र चौथो पुस्कार सिता महिला पुस्कार केन्द्रलाई प्रदान गरेको आयोजकले जानकारी दिए ।