पछाडि परेको सिन्धुली यतिबेला सडक सञ्जालले घेरिए

रिपोर्ट नेपाल | 2021 Apr 02 | 07:59 am 2013

सिन्धुली, चैत २०ः तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस जिल्लाले विकासको मुहार फेर्दै छ ।

जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर १६० किलोमिटरको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) सडक सम्पन्न भएपछि सिन्धुलीको विकास बामे सरेको हो । चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको बीपी राजमार्गको अन्तिम खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर सडक २०७१ सालमा सम्पन्न भएको थियो ।

बागमती प्रदेश सभा सदस्य विनोदकुमार खड्काको बुझाइमा सिन्धुलीका विभिन्न गाउँबस्ती जोड्दै गएका बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग सिन्धुलीको विकासका लागि मेरुदण्ड सावित भएका छन् । सिन्धुली जिल्लामा यतिबेला प्रमुख तीन राजमार्गको सञ्जाल फैलिएको छ ।

उदयपुरको कटारीदेखि सिन्धुलीहुँदै मकवानपुरको हेटाैंडासम्म पुरानो कच्ची सडक थियो । त्यहीँबाट मदन भण्डारी राजमार्ग बनेपछि वर्षाको बेलामा पनि सहज यातायात सञ्चालन हुने गरेको दुधौली नगरपालिका–२, हत्पतेका रेखराज दाहालले बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.