गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु

| 2021 Mar 31 | 12:05 pm 2441

बैतडी, चैत १८: गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका-३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका छन् ।

घाइते चन्दको बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा पनि उपचार हुन नसकेपछि घर लैजान क्रममा अत्तरिया पुग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए।

उनकाे चैत १४ गते घरमै रहेका बेला आफैंले चलाएको बन्दुकको गोली घाँटीमा लागेर घाइते भएकाे प्रहरीले जनाएको छ।  चन्दको घरबाट उक्त बन्दुकसमेत बरामद गरिएको छ। उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न सकेको छैन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.