कैलाली, चैत १७ः जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएको छ। मृत्यु हुनेमा वडाध्यक्ष ७७ वर्षीय नवलसिंह रावल रहेका छन् ।
उनकाे काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको गाउँपालिकाले जनाएको छ।
सोल्टा स्थित आफ्नै घरमा बसिरहेका बेला अचानक मुर्छित भएका रावललाई कोहलपुर मेडिकल कलेजबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो।
लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित रावललाई चार दिनअघि ब्रेन हेमरेज भएको पारिवारिक स्रोतले जनाएको छ। रावाल एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।