काठमाडौं, चैत १७ः नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्चकाे निर्णयपछि पार्टीका नेताहरूलाई फकाउने र तर्साउने कार्यलाई तिब्रता दिएका छन् ।
यसै क्रममा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई साेमबार कारवाही गरेपछि अध्यक्ष ओलीप्रति नेता कार्यकर्ताहरू आक्राेशित बनेका छन् ।
छ महिना साधारण सदस्यता र सबै जिम्मेवारीबाट अध्यक्ष ओलीले दुई नेतालाई अपदस्त गरेपछि केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकि छन् । उनले एक स्टाटस लेख्दै कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही जस्ता रहेको आरोप लगाएकी छन्।
उनले लेखेकी छन्,“कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।”
